प्रचण्ड बाबुरामको भन्दा मदन भण्डारीको बहुदलीय जनवाद अग्रगामी: विप्लव

प्रचण्ड बाबुरामको भन्दा मदन भण्डारीको बहुदलीय जनवाद अग्रगामी: विप्लव

  • बुधबार, असार ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

काठमाण्डौ,३० असार ।

नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले मदन भण्डारीको बहुदलीय जनवाद प्रचण्ड बाबुरामले ल्याएको २१ औं शताव्दीको जनवाद भन्दा अग्रगामी खालको भएको बताउनु भएको छ ।

संवाद डवलीमा आयोजित जनवादी विवाह कार्यक्रममा बोल्दै महासचिव विप्लवले मदन भण्डारीले शान्तिपूर्ण आन्दोलनको कुरा गरे पनि आवस्यक परे बल प्रयोगमा जान सकिने बताएको भन्दै उहाले लामो युद्ध पछि पनि प्रचण्ड बाबुरामहरुले आन्दोलन विसर्जन गर्ने गरी सम्झौता गरेको दावी गर्नु भयो ।

उहाले मदन भण्डारीले विचार दिए पनि त्यस अनुसार संगठन र शक्ति तयार नगर्दा उनको हत्या भएको भन्दै विशुद्ध शान्तिपूर्ण तरीकाले राज्यसत्ता बदल्न नसकिने कुरा त्यसबाट पनि प्रमाणित हुने बताउनु भयो ।

उहाले अब आफूहरुले क्रान्तिलाई योजनावद्ध रुपले अगाडी बढाउने भन्दै सबै युवाहरुलाई साथ दिन आग्रह गर्नु भयो ।

यसैबीच , डबलीका सदस्य हुम्लाका धनन्जय बुढा र सिन्धुपाल्चोक घर भएकी पवित्रा दाहालबीच आज जनवादी विवाह भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी