सरकारले ल्यायो ८ खर्ब १९ अर्बको बजेट : ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

सरकारले ल्यायो ८ खर्ब १९ अर्बको बजेट : ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

  • मङ्लबार, असार २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, २९ असार ।
सरकारले आर्थिक वर्ष २०७२र७३ को बजेट संसदमा मंगलबार प्रस्तुत गरेको छ। अर्थमन्त्री डा रामशरण महतले संसदमा बजेट भाषण गरी आगामी वर्षको बजेट सार्वजनिक गर्नुभएको हो ।

बजेट ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार रुपैयाँको छ । कूल खर्चमध्ये चालुतर्फ ४ खर्ब ८४ अर्ब २६ करोड, पूँजीगत तर्फ अर्ब २ खर्ब ८ अर्ब र  वित्तीय व्यवस्था तर्फ १ खर्ब २६ अर्ब रहेको छ ।

भूकम्पपछि को तीन महिनामा आएको आर्थिक क्रियाकलापको कमिको कारण यस बर्षको आर्थिक वृद्दिदर ३.०४ प्रतिशत ।

बजेटमा के के समेटियो ।

पुनर्निर्माण कार्यलाई नवनिर्माणको अवसरको रुपमा उपयोग गर्ने सोचकासाथ राहत, पुनर्स्थापना र पुनर्निर्माण पहिलो प्राथमिकतामा ।

भवन निर्माण संहिता कडाइका साथ लागू गरिने । पहाडी इलाकामा एकीकृत बस्ती विकास गरिनेछ।

भूकम्पबाट जोखिम युक्त क्षेत्रलाई स्थानान्तरण गरिने ।

आगामि पाँच बर्ष भित्र पुननिर्माण गरिसक्ने योजनामा सरकार दृढ ।

भूकम्प पछिको पुननिर्माणमा ६ अर्व ६७ अर्व अनुमान ।

स्वीकृत मापदण्ड अनुसार भूकम्प पीडितले आफै घर बनाउन चाहेमा २ लाख रुपैयाँसम्म सहायता दिने ।

भत्किएका संरचना पुननिर्माणका लागि ५० हजार युवालाई स्थानीय स्तरमा सिकर्मी, डकर्मी, प्लम्बिङ, हाउस वारिङको तालिम दिइने ।

पर्यटन पूर्वाधार एवं प्रवर्द्धनको कार्यको लागि रू. १ अर्ब १ करोड विनियोजन ।

प्रत्येक घर परिवारको एक बैक खाता खोल्ने योजना।

विमानस्थलहरूको निर्माण एवं सुधारको लागि रू. ५ अर्ब ७५ करोड विनियोजन ।

त्रिभुवन  विमानस्थलको स्तर उन्नती लागि १ अर्व ७८ करोड रकम विनियोजन।

हुलाकी राजमार्ग पाँच बर्ष भित्र पुरा गर्न  ३ अर्व १९ करोड।

राष्ट्रपति चुरे कार्यक्रमको लागि १ बर्ष ९६ करोड।

नेपालगञ्जमा चक्रपथ निर्माणको योजना।

गौतमवुद्द विमान स्थल २ बर्ष भित्र सम्पन्न गर्ने गरि २ अर्व ५० करोड।

मध्यपहाडि लोकमार्ग निर्माणको लागि १ अर्व ९५ करोड।

तराई(मधेशलाई राजधानीसँग जोड्ने काठमाडौं तराई(मधेश द्रुतमार्गको निर्माणका लागि रू. १ अर्ब विनियोजन ।

माथिल्लो तामाकोसि आयोजना २ बर्ष भित्र सम्पन्न गर्न २ अर्ब।

महाकाली नदीमा पूलको डिजाइन गरेर यथाशिघ्र काम सुरु गर्न बजेट विनियोजन ।

पञ्चेश्वर निर्माणका लागि पूर्वतयारी सम्पन्न गर्ने र विदेशी लगानी आकषिर्त गरिनेछ ।

प्रत्येक निर्वाचन क्षेत्रका सभासदलाई  दिइँदै आएको १५ लाखमा ५ लाख थप २० लाख।

नयाँ नगरपालिकाहरुलाई ६९ करोड।

काठमाडौं लुम्बीनीमा एउटा र निजगढलाई स्मार्ट सिटी बनाइने ।

सवारी साधन अनुमतिपत्रलाई स्मार्ट कार्डको रुपमा विकास र  सवारी साधनको नम्बरप्लेट डिजीटल गरी सेन्सर गर्ने ।

आधुनिक सुविधासम्पन्न १० वटा नयाँ सहर निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ ।

मर्मत सम्भारको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका वृहत् सिंचाइ आयोजनाहरूको पुनर्स्थापनाका लागि रू. ५२ करोड ।

दशरथ रंगशाला पुर्न्निर्माणका लागि १३ करोड, मुलपानीको क्रिकेट मैदान निर्माणका लागि ११ करोड विनियोजन ।

सूर्य्विनायक(धुलिखेल सडकलाई ६ लेनको बनाउन १ अर्ब ६ करोड विनियोजन गरिएको छ ।

मेलम्ची आयोजनाका २ वर्ष भित्र सक्ने गरी   ४ अर्ब ९५ करोड विनियोजन ।

उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्यानको लागि ८ करोड विनियोजन ।

प्रत्येक गाविसमा एकजना कृषि र पशु प्राविधिक ।

वन क्षेत्रका कार्यक्रममा १२ अर्ब २७ करोड ।

विद्युत प्रसारण लाइनका लागि १२ अर्ब ७३ करोड ।

विद्युत प्रशारण लाईन निर्माणको लागि १२ अर्व ७३ करोड।

५ सय र मासिक औषधोपचार ५ सय गरि बृद्ध भत्ता १ हजार ।

७० वर्षभन्दा माथिका वृद्ध वृद्धाहरुलाई दिंइदै आएको भत्तामा दोब्बर वृद्धि गरिएको छ । ५ सय भत्ता दिंइदै आएकोमा औषधिका लागि थप ५ सय थपिएको छ । त्यस्तो भत्ता पाउने वृद्ध वृद्धाको संख्या ९ लाख १२ हजार ७ सय ६७ रहेको छ ।

का २१ लख ५२ हजार ८ सय ६९ जनालाई भत्ता दिने गरेको छ । उनीहरुलाई दिंइदै आएको भत्ता बैंकिङ प्रणालीमा ल्याइने छ ।

नयाँ नगरपालिकालाई निशर्त १ करोड पुँजीगत अनुदान दिने कार्यक्रम घोषणा ।

काठमाडौ, निजगढ र लुम्बिनीमा एक एक वटा स्मार्ट सिटि बनाउने ।

काठमाडौं शहरलाई राष्ट्रिय राजधानी शहरका रुपमा बिकास गर्ने घोषणा।

काठमाडौं उपत्यकामा ४ सय सार्वजनिक शौचालय बनाइने पनि उनले घोषणा ।

आगामि ३ वर्षमा सबै निर्वाचन क्षेत्रमा बाह्रै महिना चल्ने सडक बनाउने ।

जनता आवास अन्तर्गत थप १२ सय घर निर्माण हुने ।

सरकारी स्वास्थ्य संस्थामा कानूनीरुपमा गर्भपतन गराउँदा पैसा नलाग्ने ।

सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत र व्यवस्थित गर्न एकीकृत सामाजिक सुरक्षा विधेयक चालू अधिवेशननै संसदमा प्रस्तुत हुने ।

भूकम्प प्रभावित १४ जिल्लालाई मोवाइ चार्च गर्न र बत्ति बाल्न सौर्य उर्जा जडानका लागि ४ अर्ब विनियोजन ।

कान्ति राजपथ ६ महिनाभित्र मालबाहक सवारी गुड्न सक्ने बनाइने सरकारको घोषणा ।

थानकोट नौनकोट सुरुङ मार्ग आगामी वर्षबाट निर्माण सूरु गरिने । १ अर्ब ६७ करोड विनियोजन ।

आगामी आर्थिक वर्षदेखि कानूनीरुपमा स्थापिन अनुभवी संस्थालई मात्रै जग्गा टुक्र्याउने अधिकार दिइने  ।

‘प्रहरी मेरो साथी’ युवा स्वयमसेवक परिचालन कार्यक्रम सुरु गरिने। प्रहरीको अनुसन्धानका लागि १६ करोड विनियोजन ।

नेपाली सेनाका लागि ३२ अर्ब ६९ करोड विनियोजन ।

विदेश स्थित नेपाली नियोगलाई घर तथा जमिन खरिद गर्न २ अर्व।

कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रतिष्ठान स्थापना गरिने ।

भुकम्पमा र्पुयाएको योगदानको कदर स्वरुप संचार माध्यमको रोयल्टीमा ५० प्रतिशत छुट ।

निजामति कर्मचारीको तलब सुविधा समायनुकुल बनाइने । तर तलब सुविधा भने बृद्धि भएन ।

चुरोट र मदिरामा कर बढ्यो।

आगामी आबको आर्थिक वृद्धि ६ प्रतिसत पुग्ने अपेक्षा ।

४० सिट भन्दा बढी सिट क्षमताको सवारी ल्याउँदा बस चलाउने संस्थारसहरकारीले भन्सार शुल्क ५ प्रतिशत मात्रै लाग्ने ।

एक हेक्टर भन्दा बढी जमिनमा माछा पाल्ने कृषकलाई ५० प्रतिशत कर छुट।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी