ईस्लामिक अतिवाद समुह बोको हरामलाई नियन्त्रण गर्न नसकेको भन्दै नाईजेरियाका राष्ट्रपति मुहमदु बुहारीले देशका तीनवटै सेना प्रमुख बर्खास्त गर्नुभएको छ ।
नाईजेरियाको स्थल सेना, जलसेना तथा हवाई सेनाले बिद्रोही समुह बोको हरामलाई नियन्त्रण गर्न नसकेको भन्दै तीनवटै सेना प्रमुखलाई पदबाट बर्खास्त राष्ट्रपति बुहारीको भनाई छ ।
राष्ट्रपति बुहारीले नयाँ सेना प्रमुखमा ईस्लामिक विद्रोही समुह बोको हरामको उद्गमस्थल बोर्नो राज्य निवासी टुकुर युसुफ बुराटी र राष्ट्रिय सुरक्षा सल्लाहकारमा बाबागाना मोङ्गुनोलाई नियुक्त गर्नुभएको छ ।
सुरक्षा प्रमुखमा नयाँ नियुक्तिसँगै नाईजेरियाको ईस्लामिक अतिवाद परास्त हुने राष्ट्रपति बुहारीको दावी छ ।
नाईजेरियामा पछिल्लो केही साता बोको हरामले गरेको शृङ्खलाबद्ध छापामार आक्रमणमा २ सय ५० जनाले मृत्य भएको छ । सन् २००९ यता मात्रै बोको हरामको आक्रमणमा परी १० हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन ।