राहत नपाएका भूकम्प पिडितलाई सम्बन्धीत जिल्लामा सम्पर्क गर्न आग्रह

राहत नपाएका भूकम्प पिडितलाई सम्बन्धीत जिल्लामा सम्पर्क गर्न आग्रह

  • सोमवार, असार २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २८ असार ।
सरकारले भुकम्प पीडितले राहत नपाएको भए तत्काल सम्बन्धीत जील्लाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क राख्न आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले पीडितलाई प्रारम्भीक राहत वितरणको कार्य सम्पन्न भएको जनाउदै कतै छुटेको भए जानकारी गराउन आग्रह गर्नुभएको हो ।

पीडितलाई राहत स्वरुप प्रारम्भिक चरणमा दिएको १५ हजार रुपैंया वितरण कार्य सम्पन्न भएको छ । भूकम्प पिडित परिवारलाई प्रारम्भिक राहत स्वरुप रु १५ हजार का दरले कुल १२ अर्ब रुपैयाँ वितरण गरिएको गृहमन्त्रालयले जनाएको छ ।

सरकारले भूकम्प प्रभावित सबै जिल्लामा रकम बाँडिएको दाबी गरेपनि कतिपय ठाउँका पीडितले अझै राहत रकम नपाएको गुनासो गरिरहेका छन् ।
प्रवक्ता ढकालले राहत नपाउने वास्तविक पीडितले राहतका लागि दाबी गर्न सक्ने बताउनु भयो ।

उहाले भौगोलिक अवस्था र प्राविधिक कारणले केही पीडितको अभिलेख राख्न छुटेको हुन सक्ने भएकाले छुटेकाहरुलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरी दाबी गरेमा राहत पाउने पनि स्पष्ठ पार्नुभयो ।

राहत नपाएकालाई प्रमुख जिल्ला अधिकारीले मूल्यांकन गरी तत्कालका लागि १५ हजार रुपैयाँ पाउनेछन् ।
यस्तै गृह मन्त्रालयले बाढी पहिरोको जोखिममा परेका जिल्लामा पूर्व तयारीका लागि पनि रकम पठाएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी