काठमाडौ २८ असार । संविधान सभाको नागरिक सम्बन्ध तथा सुझाव समितिले जनमत संकलनका क्रममा आज पेशगत संगठनका प्रतिनिधिसँग अन्तरक्रिया गर्दैछ ।
सुझाव समितिले नेपाल पत्राकार महासंघ, बार एसोसिएसन, पेशगत महासंघ लगायतका प्रतिनिधिसँग प्रारम्भिक मस्यौदामा सुझाव लिन लागेको हो ।
संविधानको प्रारम्भिक मस्यौदा माथि जनमत संकलनका लागि अहिले संविधान सभाका कर्मचारीहरु जिल्ला जिल्लामा खटिएका छन् ।
कर्मचारीको टोलीले व्यवस्थापन मिलाएपछि जिल्लामा पुग्ने सभासदको टोलीले जनमत संकलनका लागि निर्वाचन क्षेत्रमा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गर्ने तयारी भएको छ ।
समितिले साउन ७ गते भित्र सुझाव सहितको प्रतिवेदन संविधान सभामा बुझाउनेछ । उक्त प्रतवेदन संवैधानिक राजनितिक सम्वाद तथा सहमतिमा समितिमा लैजाने व्यवस्था निमयावलीमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline