सरकारको नीति तथा कार्यक्रम संसदको बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम संसदको बहुमतले पारित

  • आइतवार, असार २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ, २७ असार

सरकारको नीति तथा कार्यक्रम संसदको बहुमतले पारित गरेको छ ।

राष्ट्रपति रामवरण यादवले २३ असारमा संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि सभासदहरुले छलफलका क्रममा उठेका प्रश्नको जवाफ पश्चात सभासदहरुले राखेको पुनप्रश्नको जवाफ प्रधानमन्त्री सुशील कोइरालाले कनीकुथी जवाफ दिनुभएको थियो ।

त्यसपछि सभामुखको अनुमतिले कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले राष्ट्पतिद्धारा पेश गरेको नीति तथा कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्न सदनमा प्रस्ताव राखेका थिए ।

सभामुखले निर्णयार्थ राखेको प्रस्तावमा बहुमतले पारित गरेको हो । यसअघि विपक्षी दल एमाओवादीको तर्फबाट गिरिराजमणी लगायत कतिपय दलका सभासदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो ।

संशोधन प्रस्ताव दर्ता गर्ने गोपाल दहित, रामकुमार राई आफै अनुपस्थित रहेपछि उनीहरुको पक्षमा कुनै व्यक्ति नभएपछि सर्वसम्मतिले अस्विकृत भएको सभामुखले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी