नीति तथा कार्यक्रम परिवर्तन हुने कुरा होइन : प्रधानमन्त्री

नीति तथा कार्यक्रम परिवर्तन हुने कुरा होइन : प्रधानमन्त्री

  • आइतवार, असार २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं,२७ असार ।
प्रधानमन्त्री सुशील कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रत्येक वर्ष परिवर्तन हुने विषय नभएको बताउनु भएको छ ।

असार २३ गते सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कोइरालाले नीति तथा कार्यक्रम पुरानै भन्ने सांसदको भनाइ प्रति लक्षित गर्दै नीति तथा कार्यक्रम प्रत्येक वर्ष परिवर्तन हुने विषय नभएको बताउनु भयो ।

उहाँले नीति तथा कार्यक्रममा सबै कुरा समावेश भएको दाबी गर्दै कार्यक्रममा आधारभूत कुरा समावेश भएको बताउनु भयो । कार्यक्रम बढी भूकम्पपछिको पुर्न्निर्माणमा केन्द्रित रहेको भन्दै छिट्टै पुर्न्निर्माण प्राधिकरण गठन हुने बताउनु भयोे ।

भूकम्पपछि नेपालको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश विश्वमा फैलिएको भन्दै प्रधानमन्त्रीले विदेशस्थित कुटनीतिक नियोग र गैर आवाशीय नेपालीमार्फत नेपाल सुरक्षित रहेको सन्देश फैलाउने योजना रहेको बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीको समस्या हटाउन विशेष कार्यक्रम संचार गर्ने, कृषि पेशमा आकर्षित गर्न विशेष सहुलियतपुर्ण ऋण उपलब्ध गराउने बताउनु भयो ।

त्यस्तै लिपुलेकको विषयमा सरकारको धारणा सदनमा प्रष्ट पारिसकेको भन्दै कोइरालाले सिमाका विषयमा सहमतिबाटै समाधान गरिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी