प्रदेशको नामंकन र सिमांकन टुङ्गो लगाउने विषयमा दलहरुबीच पुनः छलफल सुरु

प्रदेशको नामंकन र सिमांकन टुङ्गो लगाउने विषयमा दलहरुबीच पुनः छलफल सुरु

  • आइतवार, असार २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २७ असार ।

संघियता विषयमा प्रदेशको नामंकन र सिमांकनलाई थाती राखेर संविधान निर्माण प्रक्रिया अघि बढाएका दलहरुले पुनः यस विषयमा छलफल सुरु गरेका छन् । पार्टी भित्र तथा बाहिरबाट दबाव आएपछि प्रमुख दलहरुले संघियताको सीमा टुङ्गो लगाउने गरी छलफल सुरु गरेको  नेताहरुले बताएका छन् ।

प्रदेशको सीमांकन र नामांकनको जिम्मा आयोग र प्रादेशिक सभालाई दिने गरी संविधानको प्रारम्भिक मस्यौदा तयार गरेका दलमाथि संघीयताको मुख्य पक्ष सीमांकन र नामांकन यही संविधानसभाबाट टुंगो लगाउन दबाब परेको छ । यसअघि सर्बोच्च अदालतले पनि संघियताको विवादलाई टुङ्ग्याएर मात्र संविधान निर्माणको प्रक्रिया अघि बढाउन आदेश दिएका थिए ।

दलहरुबीच अहिले सीमालाई टुङ्गो लगाउने गरि छलफल सुरु भएको नेकपा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेलले बताउनुभयो । संविधानको मस्यौदा संसोधन हुनुअघि नै विवाद मिलाउने प्रयास भइरहेको उहाँको  भनाई छ । औपचारिक रुपमा प्रमुख दलको बैठक बसाउने गरि शीर्ष नेताहरुबीच अनौपचारिक कुराकानी भइरहेको खरेलले बताउनु भयो ।

राष्ट्रपति रामवरण यादव र सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि संविधान जारी हुँदासम्म सीमांकनको विवाद मिलाउन दलहरुलाई सुझाव दिनुभएको थियो । दलहरुबीच जेठ २५ गते पहिचानका ५ र सामथ्र्यका ४ आधारमा ८ प्रदेश निर्माण गर्ने सहमति भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी