काठमाडौं, २७ असार ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आजको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम माथी अन्तिम छलफल हुदैछ । गत विहीबार राष्ट्रपति डा. रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
आज प्रधानमन्त्री शुशिल काइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सभासदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।
संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषय माथि सत्तापक्ष र प्रतिपक्षले चर्काे आलोचना गरेका छन । एकिकृत माओवादी , राप्रपा नेपाल लगाएतका दलहरुले नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव दर्ता गराएका छन ।
संसद बैठक विहान १० बजे बस्दैछ । सचिवालयका अनुसार आज दिनभर सांसदहरुले धारण राखेपछि साँझ ५ बजे प्रधामन्त्री कोइरालाले जवाफ दिनुहुने कार्यक्रम तय गरिएको छ । निति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेटका लागि बाटो खुल्नेछ ।
यसैबीच सरकारले आगामी आर्थिक वर्षको बजेट पर्सी प्रस्तुत गर्ने तयारी गरेको छ । पुनर्निर्माण कोषमा रु एक खर्ब ६ अर्ब रकम राखेर रु आठ खर्ब ४१ अर्बको बजेट प्रस्तुत गर्ने तयारी भएको अथए मन्त्रालयले जनाएको छ ।
भूकम्पअघि राष्ट्रिय योजना आयोगले रु सात खर्ब ३५ अर्बमा नबढ्ने गरी बजेट तर्जुमा गर्न अर्थ मन्त्रालयलाई सीमा तोकेको थियो ।