बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य छिटै सुचारु हुन्छ : प्रधानमन्त्री

बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य छिटै सुचारु हुन्छ : प्रधानमन्त्री

  • शनिबार, असार २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २६ असार 
प्रधानमन्त्री सुशील कोइरालाले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य छिटै सुचारु गरिने बताउनु भएको छ ।

बुढी गण्डकी आयोजना निर्माणका लागि दवाव दिन आज विहान प्रधानमन्त्री निवास पुगेका सरोकारवाला तथा धादिङ र गोरखाका जनप्रतिनिधिसाग प्रधानमन्त्री कोइरालाले उक्त प्रतिवद्धता जनाउनु भएको हो ।

आगमी आर्थिक वर्षको बजेटमा पनि आयोजनालाई प्राथमिकतामा राखिने उहाको भनाई छ । आयोजनाका बारेमा विशेष ध्यान दिन प्रधानमन्त्री कोइरालाले अर्थमन्त्री डा. रामशरण महत र ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई निर्देशन समेत दिनु भएको छ ।

नेपाली कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठको नेतृत्वमा पुगेको प्रतिनिधि मण्डलले नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको बुढीगण्डकी आयोजना निर्माण कार्य तत्काल सुचारु गर्न तथा आयोजना निर्माणको लागि जग्गा अधिग्रहण लगायतका कार्यक्रम यसै बर्ष आरम्भ गर्न आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी