राहत दुरुपयोग गर्नेलाई पक्राउ गर्न निदेर्शन

राहत दुरुपयोग गर्नेलाई पक्राउ गर्न निदेर्शन

  • शनिबार, असार २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, २६ असार ।

नक्कली भूकम्पपीडित बनेर सरकारको राहत दुरुपयोग गरेका करिब ५० जनालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ ।

किटानी उजुरीका आधारमा उनीहरुलाई जिल्लाका पात्लेखेत र चण्डेनीमण्डन गाविस तथा पाँचखाल नगरपालिकाबाट पक्राउ गर्न लागिएको प्रशासकीय अधिकृत अर्जुन रिसालले जानकारी दिनुभयो ।

भूकम्पपीडितका नाममा उनीहरुले सरकारले उपलब्ध गराएको रु १५ हजारका दरले कुल रु सात लाख ५० हजार र परिचयपत्र लिएका छन् । तीन गाविसमध्ये सबैभन्दा बढी चण्डेनीमण्डनमा नक्कली भूकम्पपीडितका नाममा राहत रकम दुरुपयोग भएको किटानी उजुरी परेको छ ।

प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालका अनुसार उनीहरुलाई पक्राउ गर्नका लागि प्रहरीलाई पत्राचारसमेत गरिएको छ । भूकम्पपछि एउटै घरमा बसेका परिवार अलग भएर राहत रकम लिएको र  वैकल्पिक वासस्थान हुँदाहुँदै पनि सुविधा लिएको भन्दै केही दिनअघि किटानी उजुरी परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी