काठमाडौ २६ असार ।
नयाँ संविधानको मस्यौदामा जनताको रायसुझाव संकलनका लागि २ लाख प्रति मस्यौदा सहित संसद्का कर्मचारीहरु आज ७५ वटै जिल्लामा खटिएका छन् ।
संसद सविालयका कर्मचारी मात्र अपुग भएपछि सुझाव संकलनका लागि कानुन मन्त्रालय र सामन्य प्रशासन मन्त्रालयका कर्मचारीलाई पनि काजमा लिएको संसद सचवालयका सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो ।
मस्यौदा माथि सुझाव संकलनका लागि सभासदहरु भने पेस्की बजेट पारित गरेपछि आगामी साउन १ गतेबाट मात्र जिल्ला जाने भएका छन् । राजपत्र र मस्यौदा बोकेर कर्मचारीहरु आज बिहानैदेखि जिल्ला जिल्लामा खटिएको सचिव शर्माको बताउनु भयो ।
संविधानको नागरिक सम्बन्ध तथा सुझाव समितिले सुझाव संकलनका लागि एउटा जिल्लामा दुईजनाका दरले कर्मचारी खटाएको जनाइएको छ । यस्तै समितिले विदेशमा रहेका नेपालीले पनि सुझाव दिन सक्ने व्यवस्था मिलाएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।