काठमाडौ २६ असार । नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ ।
बिहान साँढे ११ बजे पार्टी मुख्यालय बल्खुमा बस्ने समितिको बैठकमा पार्टीको नियमावली र सरकार सन्तुलनका विषयमा छलफल हुने बताइएको छ ।
सरकारमा सहभागी एमालेका मन्त्रिहरुको कार्यशैली र आचारणका विषयमा पछिल्लो समय सर्वत्र आलोचना हुन थालेपछि एमालेले आज यस विषयमा औपचारिक रुपमा पार्टी भित्र छलफल गर्न लागेको हो ।
यसअघिको बैठकमा अधिकांश सदस्यहरुले सरकारमा सहभागी मन्त्रीको समिक्षा गर्नुपर्नेमा जोड दिएपछि आजको बैठकमा मन्त्रीको भूमिका र काम कारवाही बारेको एजेन्ड तय गरिएको एमालेले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline