व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

  • शनिबार, असार २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २६ असार । सरकारको निति तथा कार्यक्रम माथि छलफल गर्न व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेपछि सुरु हुने संसदको बैठकमा आज पनि सांसदहरुले सरकारको निति तथा कार्यक्रम माथि आ आफ्ना धारण राख्नेछन् ।

हिजो देखि जारी बैठकमा राष्ट्रपति डा. रामवरण यादवले पेश गर्नु भएको सरकारको निति तथा कार्यक्रम माथिको छलफल जारी छ । छलफलका क्रममा प्रमुख प्रतिवक्षी दल एकिकृत नेकपा माओवादी सहितका सात दलले निति तथा कार्यक्रमका लागि राष्ट्रपतिले गरेको सम्बोधनमा धन्यवाद ज्ञापन गर्ने प्रस्तावको विरोधमा संसोधन प्रस्ताव दर्ता गराएका छन् ।

राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेमकिपा, तमलोपा, थारुहाट तराई पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संसदीय अभ्यासमा यस्तो संशोधन पारित भएमा सरकारले विश्वास गुमाएको मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी