२ लाख मस्यौदाको प्रति बोकेर संसद कर्मचारी आज जिल्ला जाँदै

२ लाख मस्यौदाको प्रति बोकेर संसद कर्मचारी आज जिल्ला जाँदै

  • शनिबार, असार २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २६ असार । जनताका रायसुझाव संकलनका लागि २ लाख प्रति मस्यौदा बोकेर संसद्का कर्मचारीहरु आज ७५ वटै जिल्ला जाँदैछन् ।

संसद सविालयका कर्मचारी मात्र अपुग भएपछि सुझाव संकलनका लागि कानुन मन्त्रालय र सामन्य प्रशासन मन्त्रालयका कर्मचारीलाई पनि जिल्लामा खटाउने तयारी भएको संसद सचवालयका सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो ।

मस्यौदा माथि सुझाव संकलनका लागि सभासदहरु भने पेस्की बजेट पारित गरेपछि आगामी साउन १ गतेबाट जिल्ला जाने भएका छन् । राजपत्र र मस्यौदा बोकेर कर्मचारीहरु आज बिहानैदेखि जिल्ला जिल्लामा खटिने सचिव शर्माको भनाई छ ।

संविधानको नागरिक सम्बन्ध तथा सुझाव समितिले सुझाव संकलनका लागि एउटा जिल्लामा दुईजनाका दरले कर्मचारी खटाएको जनाइएको छ ।

विदेशमा रहेका नेपालीले पनि सुझाव दिन सक्ने व्यवस्था मिलाएको छ । समितिले त्यसका लागि परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी