कांग्रेसको १३औँ महाधिवेशन सारियो

कांग्रेसको १३औँ महाधिवेशन सारियो

  • शुक्रबार, असार २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ, २५ असार ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति एक हप्ता सरेको छ ।

आज बसेको कांग्रेसका पदाधिकारीको बैठकले महाधिवेशन असोज २ देखि असोज ५ गतेसम्म काठमाडौंमै गर्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।

यसअघि महाधिवेशन भदौ २४ देखि २८ गतेसम्म हुने तय भए पनि संविधान निर्माणमा सम्पूर्ण पार्टी पंति लाग्नू पर्ने भएकाले महाधिवेशन एकहप्ता पर सारिएको बडूले जानकारी दिनुभयो ।

महाधिवेशनको मिति सरेसँगै जिल्ला नगर र क्षेत्रका अधिवेशनको मिति पनि सारिएको छ । पदाधिकारी बैठकले शुक्रबार गरेको निर्णयअनुसार वडा, गाविस र नगरको अधिवेशन भदौ १, निर्वाचन क्षेत्रीय अधिवेशन भदौ ७ गते र जिल्ला अधिवेशन १० गते हुने भएको छ ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षले आन्तरिक तयारी पनि तीव्र पार्दै लगेका छन् ।संस्थापन पक्षले सभापतिको उम्मेद्वार सार्वजनिक नगरे पनि देउवा पक्षबाट उहाँ आफैं उम्मेद्वार बन्ने लगभग पक्का भैसकेको छ ।

कांग्रेसभित्र क्रियाशिल सदस्यता वितरण सम्बन्धी देखिएको विवाद पनि विस्तारै मथ्थर हुँदै गएको छ । डेढ दर्जन जिल्लामा देखिएको विवाद अब केही जिल्लामा मात्र बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी