संविधानको मस्यौदामा आजबाट बाट जनमत संकलन शुरु

संविधानको मस्यौदामा आजबाट बाट जनमत संकलन शुरु

  • शुक्रबार, असार २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं असार २५ । संविधानसभाले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा आजबाट जनमत संकलनको काम शुरु गर्दैछ । यसअघि राजपत्रमा प्रकाशित गरिएको मस्यौदालाई विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गरेपश्चात् जिल्लामा खटिने टोलीले राय सुझाव लिनेछन् ।

यसअघि मस्यौदा माथि जनमत संकलनका लागि बनाइएको कार्ययोजना हिजोको संविधान सभा बैठकले पारित गरेको थियो । कार्ययोजना अनुसार जनमत संकलनका लागि बढीमा १५ दिनको समयसीमा निर्धारण गरिएको छ ।  नागरिक सम्बन्ध समितिले सुझाव सहितको प्रतिवेदन आगामी साउन ७ गते संविधान सभामा पेश गर्नु पर्ने कार्यसुची रहेको छ  ।

मस्यौदा माथि विदेशमा रहेका नेपालीहरुका लागि विदेशस्थित दूतावास र सचिवालयको वेवसाइटबाट सुझाव लिने व्यवस्था मिलाइएको संविधानसभा सचिवालयले जनाएको छ ।

त्यस्तै, अन्तक्रिया मार्फत् नेपाल पत्रकार महासंघ, बार एसोसिएन सहितका पेशागत संगठन र नागरिक समाजको तर्फबाट सुझाव संकलन गरिने जनाइएको छ । निर्वाचन क्षेत्रमा सम्वन्धित सभासद् र कर्मचारी खटाउनेछ र त्यसका लागि उपसमिति समेत गठन गरिएको छ ।

साउन ४ र ५ गते सार्वजनिक सुनुवाई लगायत कार्यक्रम निर्धारण गरिएको सचिवालयले जनाएको छ । नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिले तयार पारेको कार्ययोजनालाई संविधानसभाको बैठकले अनुमोदन गरेपछि जनमत संकलनको प्रक्रिया शुरु भएको हो ।

यसैवीच, मस्यौदाको विरोधमा रहेका मधेस केन्द्रित दलहरुले जनमतका लागि पूर्व निर्धारित एक महिनाको समय घटाएको भन्दै आपत्ति जनाएका छन् । चार दलका शीर्ष नेताको सहमति अनुसार बनाइएको मस्यौदा मान्य नहुने भन्दै संविधानसभाको हिजोको बैठकमा नारावाजी गरी बहिष्कार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी