काठमाण्डौ,२५ असार ।
सबिधान सभाको बैठकले नया संबिधानको मस्यौदा माथि जनताको राय सुझाव संकलन गर्ने कार्ययोजना बहुमतले पारीत गरेको छ ।
नागरिक सम्बन्ध तथा सुझाव संकलन समितिकी सभापति प्रमिला राणाले संकलनको कार्यविधि सहितको कार्ययोजना पेश गरेपछि संविधान सभा बैठकले बिरोधका बिचपनि बहुमतले कार्ययोजना पारीत गरेको हो ।
कार्ययोजनालाई संविधानसभाले पारीत गरेसंगै जनमत संकलनका लागि प्रक्रिया शुरु भएको छ । सुझाव समितिले साउन ७ गतेभित्र जनमत संकलनको सुझाव प्रतिवेदन बुझाउने जिम्मा पाएको छ ।
समितिले जिल्ला सदरमुकामसहित २ सय ४० निर्वाचन क्षेत्रका मुख्य केन्द्रमा जनमत संकलनका लागि अन्तक्रिया गर्ने तयारी गरेको हो । बैठकमा संविधानको प्रस्तावित समस्यौदा प्रति असुन्तुष्ट मधेस केन्द्रीत चार दलले संविधानसभा बैठकमा आज नाराबाजी गरेका थिए ।
बैठक सुरु हुनासाथ सद्भावना पार्टीका सभासद् लक्ष्मणलाल कर्णले जनतालाई दिइएको समय घटाउनु आपत्तिजनक भएको बताउनुभयो । संबिधान सभा बैठक अर्को सुचना जारी नभएसम्मका लागि स्थगीत भएको छ ।