अस्थायी शिक्षकलाई ‘सहुलियतपूर्ण अवकाश’ को प्रस्ताव

अस्थायी शिक्षकलाई ‘सहुलियतपूर्ण अवकाश’ को प्रस्ताव

  • बिहिबार, असार २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ,२४ असार ।

शिक्षा मन्त्रालयले लामो समयदेखि अस्थायीमा कार्यरत शिक्षकका लागि सहुलियत पूर्ण अवकाश दिने प्रस्ताव अघि सारेको छ । शिक्षा ऐन संशोधनमै सो प्रावधान राख्ने प्रयास भए पनि संशोधनमा ढिलाइ भइरहेका बेला शिक्षक समुदाय र सरकारबीच २०६८ चैत २ मा भएको सहमतिका आधारमा अस्थायी शिक्षकलाई सहुलियत पूर्ण अवकाश दिन सरकार सकारात्मक भएको हो ।

सो व्यवस्था आसन्न आर्थिक वर्ष २०७२र०७३ को बजेट वक्तव्यमा पार्न शिक्षा मन्त्रालय र शिक्षक समुदाय लागिपरेका छन् । सो विषयमा नेपाल शिक्षक महासंघको राष्ट्रिय महासमितिका पदाधिकारी र शिक्षामन्त्री चित्रलेखा यादवबीच छलफल भएको थियो ।

महासंघले शिक्षकका पेसागत माग पूरा हुनेगरी शिक्षा ऐन संशोधन र सहुलियतपूर्ण अवकाश दिन चेतावनीपत्रसहित माग गरेपछि मन्त्री यादवले आफू सोही काममा लागिरहेको विश्वास दिलाउनुभएको थियो ।

हाल करिब २० हजार अस्थायी शिक्षक कार्यरत छन् । सरकारले बजेट तर्जुमा गरेमा त्यसमध्ये आधाजसो शिक्षक सहुलियतपूर्ण अवकाशमा जानसक्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी