काठमाडौं, २४ असार ।
संविधानसभाको बैठक आज पनि बस्दै छ ।आज बस्ने बैठकमा नया संविधानको प्रारम्भिक मस्यौदामा जनमत संकलन र र्कायोजना आज टुंगो लाग्ने भएको छ ।
नागरिक संम्बन्ध तथा सुझाव संकलन समितिले तयार पारेको कार्य योजनालाइ आज बस्ने संविधासभाको बैठकले अनुमोदन गरेपछि जनमत संकलनका लागि प्रकृया सुरु हुनेछ । सुझाव समितिले साउन ७ गतेभित्र जनमत संकलनकोे सुझाव प्रतिवेदन बुझाउने जिम्मा पाएकमो छ
।
समितिकी सभापति प्रमिला राणाले सुझाव संकलनको कार्यविधिसहितको कार्ययोजना तयार भइसकेको र आज संविधानसभामा पेश हुने बताउनुभयो ।
संविधानसभाको बैठक बिहान ११ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्नेछ ।
समितिले जिल्ला सदरमुकाम सहित २ सय ४० निर्बाचन क्षेत्रका मुख्य केन्द्रमा जनमत संकलनका लागि अन्र्तक्रिया गर्ने तयारि गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline