मापदण्ड विपरीत सञ्चालित दुई उद्योगमा सिलबन्दी

मापदण्ड विपरीत सञ्चालित दुई उद्योगमा सिलबन्दी

  • बुधबार, असार २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ,२३ असार ।

जिल्ला अनुगमन समितिले मापदण्डविपरीत सञ्चालित विराटनगरका दुई गुट्खा उद्योगमा सिलबन्दी गरेको छ ।

गोविन्द खतिवडाले सञ्चालन गरेको राधाकृष्ण प्रोडक्स र भवानी बोहराले सञ्चालन गरेको मधु केमिकल कम्पनीमा सिल गरिएको हो । दुवै उद्योगले गुट्खाको खोलमा स्पष्ट देखिने गरी चेतावनी चित्र नराखेको पाइएको छ ।

सुर्तीजन्य पदार्थ उत्पादन गर्दा ९० प्रतिशत हानिकारक चित्र राखिनुपर्ने नियम भए पनि ती दुवै उद्योगले तोकिएको मापदण्ड पूरा नगरेकाले सिल गरिएको हो । दुवै उद्योगलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार कारबाही गरिने अनुगमन टोलीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी