विगतका सहमतिहरुबाट कसैले भाग्न मिल्दैन : बिप्लब

विगतका सहमतिहरुबाट कसैले भाग्न मिल्दैन : बिप्लब

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ, २२ असार ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले  संसदीय व्यवस्था विश्वमै पराजित भइसकेको बताउनु भएको छ ।
संविधानसभा भित्रका केही दल र त्यसका केही व्यक्तिले आफ्ना महत्वाकांक्षा जवरजस्त जनतामा लाद्न खोजिरहेको विश्लेषण गर्दै महासचिव विप्लवले संविधानसभाबाट जनताको संविधान बन्दै गरेको नभई व्यक्तिका कुन्ठाहरु लाद्न प्रयास भइरहेको बताउनुभयो ।
अधिवक्ता एकराज भण्डारीको नेतृत्वमा हालै गठित ‘जनअधिकार अभियान नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना ‘राजनीतिक निकासः जनताको संविधान कि एक थान संविधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले जनताले शान्ति नपाएमा वा अधिकार पाएनन भने सशस्त्र युद्ध अनिवार्य बन्ने चेतावनी दिनुभयो ।
नेपालको अहिको अवस्थाप्रति असन्तुष्टि जनाउँदै आफूहरुले २०५२ सालमा जनयुद्ध गर्नुपरेको सन्दर्भ उल्लेख गर्दै उनले त्यो जनयुद्धलाई निकास दिन गरिएका सहमतिहरुबाट कांग्रेस र एमालेसहित प्रचण्ड र बाबुराम पनि भागेको बताउनुभयो । उहाँले विगतका सहमतिहरुबाट कोही पनि भाग्न नमिल्ने बताउँदै यदि त्यस्तो गल्ती गरिएमा त्यसले ठूलो अनिष्ट जन्माउने बताउनुभयो ।

विप्लवले भन्नुभयो, परिस्थितिलाई देखाएर कोही पनि सहमतिबाट पछि हट्न पाउँदैन । यदि कोही नेता भाग्न खोज्छ र त्यसको दोष परिस्थितिमाथि थोपर्न खोज्छ भने त्यसले समाधान होइन, झन् ठूलो समस्या पैदा हुन्छ ।अहिले सबै नेताहरुमा विचारमा विचलन, जीवनपद्धतिमा विचलन र समग्र संस्कृतिमै विचलन आएको बताउँदै त्यो विचलन आएपछि आफूहरुले नयाँ आन्दोलनको पहल गर्नुपरेको बताउनुभयो ।
नेताहरु भनेका समाजका वास्तविक अगुवा हुनुपर्ने तर्क गर्दै उनले कुनै पनि देशमा नेतामाथि जनता भर पर्ने, राजनीतिक दलसमेत नेतामा भर पर्ने भएकोले नेताहरु चुप लागेर, तर्केर वा नेताले आफ्ना कुन्ठा थोपर्न खोजेर नहुने उहाँले बताउनुभयो ।
देशमा राष्ट्रियता कमजोर भएको राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिएको बेला समेत नेताहरु नबोलेको भन्दै विप्लवले संसदवादी नेताहरु कसैले नेपाललाई भागवन्डा गर्छौ भनेर भाग लगाउन थाल्यो भने पनि चुप लागेर बस्ने स्थिति देखा परेको बताउनुभयो ।
लिपुलेकमाथि चिन र भारतले गरेको हस्तक्षेपतर्फ संकेत गर्दै उनले यस्तो बेला पनि चुप लागेर बस्न नहुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी