काठमाण्डौ, २२ असार ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र अल्का अस्पतालको समन्वयमा सञ्चालित ट्राफिक प्रहरीहरुका लागि प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम भोली समापन हुने भएको छ ।
महानगरिय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने भएको हो । काठमाण्डौ रामशाहपथस्थित महानगरिय ट्राफिक महाशाखामा जारी प्रशिक्षणमा यसअघि काठमाण्डौ र भक्तपुरका ट्राफिक प्रहरीहरुलाई दुई चरणमा प्राथमिक उपचार प्रशिक्षण दिईसकिएको महाशाखाले जनाएको छ ।
भोली हुने समापनका अवसरमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महारिनिरीक्षक जय बहादुर चन्द त्यस्तै अल्का अस्पतालका अध्यक्ष कुमार थापा लगायतको बिशेष उपस्थिती रहने छ ।
कुनैपनी घटना घटिसकेपछि तत्काल सोही ठाउँमा प्राप्त स्रोत र साधनको उपयोग गरि घाईतेको स्वास्थ्यमा थप जटिलता नआओस भन्ने हेतुले प्राथमिक उपचार गर्ने गरिन्छ ।
