प्राथमिक उपचार प्रशिक्षण भोली सम्पन्न हुने

प्राथमिक उपचार प्रशिक्षण भोली सम्पन्न हुने

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाण्डौ, २२ असार ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र अल्का अस्पतालको समन्वयमा सञ्चालित ट्राफिक प्रहरीहरुका लागि प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम भोली समापन हुने भएको छ ।

महानगरिय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बिज्ञानराज शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने भएको हो । काठमाण्डौ रामशाहपथस्थित  महानगरिय ट्राफिक महाशाखामा जारी प्रशिक्षणमा यसअघि काठमाण्डौ र भक्तपुरका ट्राफिक प्रहरीहरुलाई दुई चरणमा प्राथमिक उपचार प्रशिक्षण दिईसकिएको महाशाखाले जनाएको छ ।

भोली हुने समापनका अवसरमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महारिनिरीक्षक जय बहादुर चन्द त्यस्तै अल्का अस्पतालका अध्यक्ष कुमार थापा लगायतको बिशेष उपस्थिती  रहने छ ।

कुनैपनी घटना घटिसकेपछि तत्काल सोही ठाउँमा प्राप्त स्रोत र साधनको उपयोग गरि घाईतेको स्वास्थ्यमा थप जटिलता नआओस भन्ने हेतुले प्राथमिक उपचार गर्ने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी