संविधान जारी गर्नबाट कसैले रोक्न सक्दैन : प्रम कोइराला

संविधान जारी गर्नबाट कसैले रोक्न सक्दैन : प्रम कोइराला

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं,२२ असार ।
प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले चाडै संघीयता, गणतन्त्र, समावेशीता सहितको लोकतान्त्रिक संविधान पाउने दाबी गर्नुभएको छ ।

भुकम्प पिडीतका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा बिभिन्न संघ, संस्थाले दिएको रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले यस्तो दाबी गर्नुभएको हो ।

उहाले सबैलाई मान्य हुने संविधान जारी गर्नका लागि दलहरुबीच सहमतिको प्रयास जारी रहेको भन्दै संविधान जारी गर्नबाट कसैले रोक्न नसक्ने जिकीर गर्नुभयो ।

संविधान जारी भए पछि शान्ति, स्थायित्व, लोकतन्त्र र विकासले गति लिने भन्दै प्रधानमन्त्री कोइरालाले संविधान जारी गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

उद्धार कोषमा आज हिमालयन बैंकले एक करोड, हवीव बैंक पाकिस्तानले एक करोड, दियालो बिकास बैंकले चार लाख, मकाउमा बसोबास गर्ने नेपालीले १४ लाख, संगीत नाट्य प्रतिष्ठानले तीन लाख रुपैयाँ सहयोग गरेको प्रधानमन्त्रीको सचिबालयले जनाएको छ । उद्धार कोषमा बिभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी