सरसफाईमा जीवन अपर्ण गरेका महर्जनद्धय सम्मानित

सरसफाईमा जीवन अपर्ण गरेका महर्जनद्धय सम्मानित

  • सोमवार, असार २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

भक्तपुर ,२१ असार  ।

लामो समय देखि आफ्नो जीवन सरसफाईमा अपर्ण गरेका राजमान महर्जन र शुसीला महर्जनलाइ  रफत सञ्चार क्लवले सोमबार सम्मान गरेको छ ।

किर्तीपुर खासी बजार निवासी राजमान र शुसीलालाई सम्मान गरिएको हो । उनीहरुले भने आफू किसान परिवारमा जन्मे पनि नेपालमा बढ्दै गएको प्रदुषण देखेपछि त्यसको न्यूनिकरण गर्न आफ्नो सामथ्र्य अनुसार सरसफाईमा लागेको बताए ।
आफूहरुले सरसफाई अन्र्तगत नेपाल विभिन्न जिल्लाहरुमा न्यूनतम दश दिन समय छुट्याउँदै सफाई अभियान सञ्चालन गरेको बताए । हामी जुन स्थानमा पुग्छौ त्यस स्थानका स्थानियहरुले आफ्नो गच्छे अनुसार गास र बासको उपलब्धता गराउँदै आउनु भएको छ ।

यसले पनि हामिलाई निस्वार्थ सफाई अभियानमा लाग्न झनै हौसाएको दूवै सफाई अभियान कर्ताहरु बताउँछन् । राजमान र शुसीलाको सफाई अभियानले चार वर्ष दश महिना पार गरिसकेको महर्जन जोडी जीवन साथी नभएर असल मित्र रहेको उनीहरु बताउँछन ।

यो जोडीले विपत् पश्चात भक्तपुरमा पनि दश दिने सफाई अभियान जारी राखेको छ । उनीहरुले भक्तपुरको सम्पदा क्षेत्र, सार्वजनकि स्थल लगायत विभिन्न क्षेत्रमा सफाई गरिरहेको महर्जन जोडी बताउँछन् ।

किर्तीपुर महोत्सव शुरु हुँदा त्यस क्षेत्रमा देखिएको फोहर र त्यसको व्यवस्थापनमा कसैको तत्परता नदेखिएपछि आफूहरुले सफाई अभियान शुरु गरेको बताउँछन् राजमान । उनी भन्छन् ८० प्रतिशत फोहर मान्छेलेनै गर्ने र त्यसालाई न्यूनिकरण गर्न जवसम्म आफू तयार हुँदैनन् फोहर व्यवस्थापन गर्न कठिनाई हुने छ ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न काठमाडौमा रहेकाले १ घन्टा समय छुट्यार सफाई गरे घन्टामै काठमाडौं सफाई हुने महर्जन बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी