काठमाण्डौ,२२ असार ।
कालिकोटका शिक्षकहरुले सरकारले विगतका सहमति कार्यान्वयन नगरेको भन्दै आक्रोश पत्र बुझाएका छन । जिल्ला शिक्षा कार्यालय कालिकोट मार्फत जिल्लामा क्रियाशील शिक्षकका बिभिन्न संघ संगठनहरुले सरकारलाई आक्रोश पत्र पठाएका छन ।
शिक्षकहरुले आक्रोश पत्रमा नेपाल सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्नुपर्ने, आर्थिक वर्ष ०७१र७२ मा बृद्धि भएको पोशाक भत्ता उपलब्ध गराउनु पर्ने र दुर्गम भत्ता उपलब्ध गराउनु पर्ने माग राखेका छन । विगतमा बिभिन्न कारणले बिस्थापित भएका शिक्षकहरुलाई पुनःस्थापित गर्न समेत उनीहरुले माग गरेका छन ।
शिक्षकहरुलाई निजामति कर्मचारी सरह सेवा सुबिधा उपलब्ध गराइनुपर्ने भए पनि लामो समयदेखि शिक्षकहरुलाई सरकारले फरक ब्यवहार गर्दै आएको अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष सर्पराज सिंहले बताउनु भयो । माग सम्बोधन नभए कडा संर्घषका कार्यक्रम गरीने उनीहरुले चेतावनी दिएका छन ।