कांग्रेस संसदीय दलको बैठक आज पनि जारी

कांग्रेस संसदीय दलको बैठक आज पनि जारी

  • सोमवार, असार २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २१ असार । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ ।  केहीदिन देखि जारी बैठकमा आज सभासदले उठाएका प्रश्नमाथि पार्टी नेतृत्वले जवाफ दिनेभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा गत बिहीबार देखि जारी संसदीय दलको बैठकमा आज पार्टी सभापति एवम् प्रधानमन्त्री सुशिल कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले जवाफ दिनु हुनेछ ।

बोल्नका लागि नाम टिपाउने सभासद्को संख्य बढी भएपछि बैठक आज सम्म लम्बिएको हो । बाँकी केही सभासद्ले बोलेपछि नेतृत्वले धारण राख्ने कार्यसुचि रहेको कांग्रेसले जनाएको छ ।

बैठकमा बोल्ने अधिकांश सभासदले मस्यौदा निर्माणमा आफ्नो अडान राख्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । सभासदले उठाएका असन्तुष्टी को जवाफ नेतृत्वले दिएपछि बैठक आजै सकिने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी