संबिधानसभाको बैठक जारी : मधेशबादी दलद्धारा बैठक बहिस्कार

संबिधानसभाको बैठक जारी : मधेशबादी दलद्धारा बैठक बहिस्कार

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं, २० असार ।

संविधानसभाको बैठक अहिले बसीरहेको छ । संविधानसभा भवन नयाँबानेश्वरमा जारी बैठकमा संविधानको प्रारम्भिक मस्यौदामाथि सभासदहरुले धारणा राखीरहेका छन ।

मस्यौदा माथि धारणा राख्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ६ वटा संघीय प्रदेश हुनुपर्ने बताउनुभयो । उपसभापति पौडेलले ६ प्रदेशमा सिमांकन गर्न सहज हुने तथा ८ वटा प्रदेश बढी हुने भन्दै ६ वटा  संघीय प्रदेश राख्नुपर्ने धारणा राख्नुभएको हो ।

यस्तै स्थानीय निकायको सवालमा उहाँले जिल्ला गाउँ र नगरलाई कार्यकारी अधिकार दिनुपर्ने बताउनुभयो । संविधानसभाको मस्यौदा सहमतिको दस्तावेज भएको भन्दै उहाँले धर्मको विषयमा उत्पन्न विवादलाई परीमार्जन गर्न सकिने बताउनुभयो । सबै धर्म मान्नेलाई स्वतन्त्रता दिनुपर्ने उहाँको भनाई छ ।

यता कंग्रेस सभासद अमेरशकुमार सिंहले भने मस्यौदा गणतन्त्र,समावेशीता र समानुपातिक सिद्धान्त विपरीत भएको भन्दै विरोध गर्नुभयो । समाजवादी जनता पार्टीका सभासद प्रेमबहादुर सिंहले संविधानसभामाले सहमति जुटाएर मस्यौदाका लागि पठाएको विषय मस्यौदामा समावेश नभएको भन्दै मस्यौदाका त्रुटी सच्याइनुपर्ने माग गर्नुभयो ।

केहि दिन मस्यौदा माथि छलफल भएपछि संविधान सभाले सुझाव संकलनका लागि  जनता माझ लैजाने तयारी गरेको छ । आगामी साउन १५ भित्र संविधान जारी गर्ने आन्तरिक तयारी रहेकाले मस्यौदामाथि संविधान सभामा छलफल सकेपछि राजपत्रमा प्रकाशित गर्ने सचिवालयको तयारी छ ।

यसैबिच मधेशबादी चार दलले संबिधान सभा बैठक बहिस्कार गरेका छन । संघीय समाजवादी फोरम नेपाल सहितका चार दलले बैठक बहिष्कार गरेका हुन ।
बैठकको सुरुमै विशेष समय लिएर बोल्दै तराइ मधेश लोकतान्त्रिक पार्टीका सभासद् सर्वेन्द्रनाथ शुक्लाले मस्यौदा माथिको छलफल आफूहरुका लागि अर्थहीन भएको बताउदै बैठक बहिष्कार गर्ने घोषणा गर्नुभएको थियो । घोषणासँगै चारदलका सभासदहरु बैठकबाट बाहिरिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी