कठरीया भाषाकै पहिलो चलचित्र कैलालीमा निमार्ण हुदै

कठरीया भाषाकै पहिलो चलचित्र कैलालीमा निमार्ण हुदै

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ,२० असार ।

कठरीया थारु भाषाकै पहिलो चलचित्र प्यार करमु तुमहिन निमार्ण हुने भएको छ ।

कैलालीको बौनियामा रहेको साहिल डिजिटल मिडिया सर्च एण्ड मुभिमेकर प्रालि को ब्यानरमा निमार्ण हुन गैरहेको चलचित्रमा विषेश गरी पिछडिएका आदिवासी जनजाती थारु कठरीया जातीको कला संस्कृती रिती रिवाज, भेषभुषा झल्काउनुका साथै समाजिक रुढीबादी र पम्परालाई चलचित्रमा समाबेस गरीएकोे छ ।

कठरीया थारु जातीकै पहिलो चलचित्र कुमार कठरीयाको कथा लेखन तथा निर्देशनमा निमार्ण हुने जनाइएको छ । यस चलचित्रको मुख्य पात्रमा साहिल चौधरी र सुशिला कार्की रहने छन् । बिशाल चौधरीको करीब १० लाखको अनुमानित लगानीमा निर्माण हुन गैरहेका चलचित्रको निर्माता विशाल चौधरी नै रहेका छन ।

चलचित्रको द्धन्द निर्देशन प्रेम भण्डारीले गर्ने निर्देशक राम कुमार कठरीयाले बताएका छन । चलचित्रको छाँयाङकन कैलालीको घोडा घोडी ताल , टिकापुर पार्क, कर्णाली चिसापानी, लगायत सुदुरपश्चिमका बिभिन्न रमणिय पर्यटकीय स्थलमा छाँयङकन गरीने निर्देशक कठरीयाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी