काठमाण्डौ,२० असार ।
एमाले सचिव पृथ्वीसुब्बा गुरुङले संविधान निर्माणका लागि भएको १६ बुँदे सहमतिको विरोध गर्नेहरु संविधान विरोधी भएको आरोप लगाउनु भएको छ । आज ओखलढुंगा सदरमुकाममा एमाले जिल्ला प्रतिनिधी परिषद्को उद्घाटन गर्दै सचिव गुरुङले यस्तो आरोप लगाउनु भएको छ ।
उहाले संविधानका मुख्य विवादित विषयमा सहमति भइसकेकाले संविधान जारी भएर भन्दै सहमति कोशेढुंगा भएको बताउनु भयो । परिषदलाई सम्बोधन गर्दै गुरुङले सहमति र संवैधानिक अदालतको विरोध गर्नेहरु संविधान विरोधी भएको दाबी गर्नुभयो ।
चारदलबिच भएको सहमतिको विरोध गर्नु संविधान निर्माणमा अवरोध भएको भन्दै बाहिरको इशारामा सहमतिको विरोध गर्नेहरुले पछि धोका खाने गुरुङको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline