प्रचण्डलाई छिमेकी राष्ट्र भारतको निम्तो

प्रचण्डलाई छिमेकी राष्ट्र भारतको निम्तो

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ, २० असार ।

मधेसवादी दलहरुको विरोधका बीच नयाँ संविधान जारी गर्ने रणनीतिका साथ प्रमुख चार दल अघि बढिरहेका बेला चार दल मध्येकै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई छिमेकी राष्ट्र भारतले निम्तो गरेको छ ।

मधेसीवादी दलहरुले एमाओवादी सहितका चार दलले आफूहरुको मागलाई बेवास्ता गरेर संघीयता विनाको संविधान जारी गर्न लागेको भन्दै मध्यस्थताको भूमिका निर्वाहका लागि नेपालकालागि भारतीय राजदुत रञ्जित रेलाई गुहारेको समाचार बाहिर आईरहेका बेला एमाओवादी अध्यक्ष प्रचण्डलाई भारत भ्रमणको निम्तो आउनुलाई राजनीतिक बृत्तमा महत्वका साथ हेरिएको छ ।

समाचार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आगामि असार २९ गतेबाट भारतको भ्रमण गर्ने छन । अहिले त्यसकोलागि दुबैतर्फ तयारी भईरहेको छ । सम्भवत ६ दिनसम्म भारतमा रहने उहाले त्यहाँ रहँदा राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट सरकारी अधिकारी र राजनीतिक दलका शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा भारतीय पक्षले संघीयता विनाको संविधान ल्याउन खोजेको, धर्म निरपेक्षता जस्ता विषयहरुमा चासो राख्ने सम्भावना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी