विद्युत आपूर्ति नियमित नभएको भन्दै परासीबासी आन्दोलित

विद्युत आपूर्ति नियमित नभएको भन्दै परासीबासी आन्दोलित

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २० असार  । विद्युत आपूर्ति नियमित नभएको भन्दै आक्रोशित बनेका स्थानीयबासीले आज नवलपरासीको सदरमुकाम परासी बन्द गराएका छन् ।

१५ दिनअघि नै ज्ञापन पत्र बुझाए पनि आफूहरुको माग वेवास्ता गरेको भन्दै स्थानीय आन्दोलनमा  उत्रिएका हुन् । बन्दका कारण परासी बजार ठप्प रहेको छ ।

अत्याधिक गर्मीको समयमा बढेको लोडसेडिङ्ग, लो–भोल्टेज र अनियमित विद्युत आपूर्तिले जनजीवन कष्टकर बनेको भन्दै लोडसेडिङ्ग घटाएर आपूर्ति सहज बनाउन उनीहरुले माग गरेका छन् ।

बन्दको पूर्व सन्ध्यामा स्थानीयले हिजो सदरमुकाम परासीमा मशाल जुलुस समेत प्रदर्शन गर्नुका साथै परासीस्थित विद्युत प्राधीकरणको वितरण तथा ग्राहक शाखा घेराउ गरेका थिए ।

दैनिक आठ घण्टा लोडसेडिङ्ग गर्ने भनिएकोमा प्राधिकरणले १८ घण्टासम्म विद्युत कटौति गरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी