सर्वोच्चको आदेशलाई वेवास्ता गरि निर्माण गरिने संबिधान मान्दैनौँ : राष्ट्रवादी समाजवादी पार्टि नेपाल

सर्वोच्चको आदेशलाई वेवास्ता गरि निर्माण गरिने संबिधान मान्दैनौँ : राष्ट्रवादी समाजवादी पार्टि नेपाल

  • शनिबार, असार १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, १९ असार ।

संयुक्त राष्ट्रवादी समाजवादी पार्टि नेपालले सर्वोच्च अदालतको अन्तिरिम आदेशको बेवास्ता गर्दै प्रमुख ४ दलले अगाडि बढाएको संबिधान निर्माण प्रकृयाप्रति असहिमति जनाएको छ ।

आज एक प्रेस बिज्ञप्ति जारी गर्दै राष्ट्र र जनताको हितभन्दा पनी सिमित पार्टिका नेताहरुको सत्ता स्वार्थ पुर्ति गर्ने कुरामा मात्र संबिधान निर्माण प्रकृया केन्द्रित रहेको जनाएको हो ।

“सत्ता प्राप्तिका लागी फास्ट ट्रयाक नाममा जनतालाई संबिधानबारे छलफल गर्न नदिई चुनाबमै केही शक्तिलाई नियतबस बाहिर्याएर संबिधान सभाभित्र र बाहिरका सबै शक्तिलाई समेटेर सर्वपक्षिय राजनितिक सम्मेलन मार्फत संबिधान निर्माण प्रकृया अगाडि बढाईनुपर्छ ।” पार्टि अध्यक्ष कमल चौलागाईद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

त्यस्तै पार्टिले अब बन्ने संबिधानमा धार्मिक स्वतन्त्रतामा आधारित हिन्दु राष्ट्र हुनुपर्ने, उत्तर, दक्षिण जोडिने गरि प्रदेश निर्माण गरिनुपर्ने, जननिर्बाचित कार्यकारी राष्ट्रपति हुनु पर्ने, बिदेशिसंग बिबाहगरि जाने आमाबाट जन्मने बच्चालाई बंशजको आधारमा नागरिकता दिन नहुने लगायतका धारणा अघि सारेको छ ।

त्यस्तै नेपाली भुभागबारे कुनै पनी मुलुकलाई निर्णय गर्ने अधिकार नभएको भन्दै भारत र चिनबीच भएको लिपुलेक सम्झैताप्रति पार्टिले गम्भिर आपत्ति जनाउँदै भत्र्सना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी