काठमाडौँ, १९ असार ।
नेकपा माओवादीले लिपुलेक सम्झौता र चार दलबीच भएको १६ बुँदे सहमतिको विरोधमा काठमाडौँमा प्रर्दशन गर्ने भएको छ । हालै सकिएको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार असार २५ गते माओवादीले उक्त प्रर्दशन गर्न लागेको हो ।
बैठकले चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई माओवादीले प्रतिक्रान्ति भएको निष्कर्ष निकालेको छ । बैठकले भारत र चीनले नेपाली भूमि लिपुलेकलाई आफ्नो व्यापार स्वार्थको लागि सम्झौता गरेर राष्ट्रघात गरेको निष्कर्ष निकालेको छ ।
नेकपा माओवादीका प्रवक्ता खड्क बहादु विश्वकर्म प्रकाण्डले नेपालको छिमेकीले नेपाली भूमिलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने उद्देश्यले राष्ट्रघाती सम्झौता गरेका गरेको भन्दै यसको खारेजीका माग गर्दै विरोधका कार्यक्रम जारी रहेको बताउनु भयो ।
प्रबक्ता प्रकाण्डका अनुसार बैठकले भूकम्पपीडितको नाममा भइरहेको भ्रष्टाचार र अनियमितता र जनजीविकाका सवाललाई लिएर चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।