नाराबाजीका विच मस्यौदामाथी छलफल

नाराबाजीका विच मस्यौदामाथी छलफल

  • शुक्रबार, असार १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, १८ असार ।

राप्रपा नेपाल तथा  मधेशवादी दलका सभासदको नाराबाजीका बीच संविधानसभामा प्रस्तुत प्रारम्भिक मस्यौदा माथि शुक्रबार छलफल भएको छ ।

राप्रपा नेपाल तथा मधेवादी दलका सभासदले सवा दुई बजेदेखि नाराबाजी गरेपछि पौने सातबाट छलफल सुरु भएको हो ।  दिउँसो बैठक सुरु भए लगत्तै नाराबाजी सुरु भएको थियो ।

राप्रपाले मस्यौदा समितिले परित गरेको नगरेको समाजवादलाई प्रस्तवानामा राखिएको, धर्म परिवर्तनलाई मौलिक हक अन्तर्गत राखिएमा र स्थानीय निकायको चुनाव ६ महिनामा गर्ने मस्यौदा समितिमा सर्वसम्मतिले पारित भएको  तर पछि हटाइएको भन्दै बैठक अवरुद्ध थियो ।

तर सभाध्यक्ष सुबास नेम्बाङले पौने सात बजे  राप्रपा नेपालका सभासद्लाई आसन ग्रहण गरेर संविधान निर्माण प्रक्रियालाइ सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले  अवरोध संस्कृति बने संविधानसभाबाट संविधान नबन्ने प्रष्ट भएको बताउँदै विगतमा पनि विषम परिस्थितिमा संविधानसभा अवरुद्ध हुन नदिएको स्पष्ट भएको बताउनुभयो । बैठक शनिबार ११ बजेसम्मको लागि स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी