काठमाण्डौ, १८ असार ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको पूर्ण बैठकले संविधानसभामा प्रतिरोध गर्नेदेखि देशव्यापी संघर्ष गर्नेसम्मको संघर्षको कार्यक्रमम घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार बैठकले तत्कालका लागि संबिधानसभामा पार्टीका सभासदहरुबाट सशक्त प्रतिरोध गर्ने, आषाढ २२ गते देशव्यापि रुपमा बिरोध प्रदर्शन गर्ने तथा श्रावणको पहिलो हप्ता देखि राजधानी केन्द्रित संघर्ष गर्ने कार्यक्रमको तय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बहुमतको आडमा भैरहेको स्वेच्छाचारिताको बिरोध गर्न, सनातन हिन्दुराष्ट्र पुनस्र्थापना गर्न, धर्म्निरपेक्षता खारेज गर्न, धर्मपरिवर्तनलाई मौलिक हकमा राख्न नदिन तथा जनमत संग्रहको माग पुरा गर्न दवाव दिने उदेश्यका साथ राप्रपा नेपाललेसंघर्षको कार्यक्रम संचालन गर्ने निर्णय गरेको श्रेष्ठको भनाई छ ।