काठमाण्डौ, १७ असार ।
नेकपा एमालेले तत्काल नयाँ कृषिमन्त्री सिफारिस नगर्ने भएको छ । असार १५ गते रोपाइँ कार्यक्रममा महिलामाथि अश्लिल हर्कत गरेको भन्दै चर्को आलोचना भएपछि निवर्तमान कृषिमन्त्री हरि पराजुलीले राजीनामा दिएका छन् ।
पराजुलीको राजीनामापछि नयाँमन्त्रीमा बलराम बास्कोटा र केशवलाल श्रेष्ठको नाम चर्चामा थियो । तर, पार्टीका शीर्ष नेताहरुसँगको परामर्शपछि एमाले अध्यक्ष केपी ओली तत्काल नयाँमन्त्री सिफारिस नगर्ने निर्णयमा पुगेका छन् ।
तत्कालका लागि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नै कृषि मन्त्रालयको कार्यभार सम्हाले बताईएको छ । पार्टीको निर्णयबारे एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराइसकेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline