काठमाडौं, १७ असार ।
महिला नेतृहरुले नया संविधानको प्रारम्भिक मस्यौदामा महिलाका अधिकार कटौती गरेको भन्दै आपत्ति जनाएका छन । बिभिन्न दलमा आबद्ध महिला नेतृहरुले आज राजधानीमा पत्रकार सम्मेलन गरी नया संविधानको प्रारम्भिक मस्यौदामा महिलाका अधिकार कटौती गरिएको भन्दै आपत्ति जनाएका हुन ।
नागरिकता, शिक्षा, स्वास्थ्य, निर्वाचन प्रणालीमा महिलाका हक अधिकार कुण्ठीत भएको भन्दै तत्काल मस्यौदा परिमार्जन गर्न नेतृहरुले माग गरेका छन । प्रजनन् स्वास्थ्यसम्बन्धी हकलाई मौलिक अधिकारमा राख्नुपने भन्दै महिला नेतृहरुले प्रदेशमा न्यूनतम ४० प्रतिशत र स्थानीय व्यवस्थापिकामा न्यूनतम ५० प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्ने बताएका छन ।
नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी लगायतका दलमा आबद्ध महिला नेतृहरुले न्याय परिषद् र संघीय न्यायिक आयोगमा पनि महिला सहभागिताको सुनिश्चित गर्नुपर्ने माग गरेका छन ।