काग्रेस जिल्ला सभापतिको भेला आज

काग्रेस जिल्ला सभापतिको भेला आज

  • बिहिबार, असार १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ , १७ असार ।
विधान संशोधन लगायतका बिषयमा पार्टि नेतृत्वलाई सुझाव दिन नेपाली काग्रेसका जिल्ला सभापतिहरु आज आन्तरीक छलफलमा जुट्दै छन् ।

पार्टि केन्द्रिय कार्यलय सानेपामा बोलाईएको सभापतीहरुको भेलामा आसन्न महाधिवेशनको कार्यतालिका फेरबदल गर्न केन्द्रिय नेतृत्वलाई सुझाव दिने बिषयमा छलफल हुने छ ।

पाँच बर्षको कार्यकाल सिद्धिन लागेका बेला काग्रेसका जिल्ला सभापतिहरुले आज भुलाको आयोजना गरेका हुन् । भेलामा भुकम्प प्रभावित जिल्लाका केहि जिल्ला सभापतिहरुले केन्द्रीय महाधिवेशनको तिथि मंसिरमा सार्न नेतृत्वलाई सुझाव दिने भएका हुन् ।

काग्रेसले साउन महिनामा वडा, नगर ,क्षेत्रीय र जिल्ला अधिवेशनको कार्यतालिका तय गरेको छ । काग्रेसका दोलखा जिल्ला सभापति ताराबहादुर कोईरालाले साउन पूर्ण रुपमा वर्षा यामको समय भएकाले अधिवेशन गर्नु अव्यावहारीक हुने भन्दै जिल्ला अधिवेशनको कार्यतालिका फेर्न नेतृत्वलाई सुझाव दिने तयारी गरेको बताउनु भयो ।

यस्तै आजको भेलामा विधान संशोधनका बिषयमा पनि छलफल हुनेछ । ललितपुरका सभापति मदन अमात्यले आजको भेला अनौपचारीक भएको भन्दै महाधिवेशन नजिक आईरहेका बेला विधान संशोधन ,विभिन्न प्रतिवेदनमा सुझाव दिने योजना बनाईएको बताउनु भयो ।

साउनमा हुने जिल्ला अधिवेशनपछि वर्तमान जिल्ला सभापतिहरुको कार्यकाल स्वत सकिदैछ । गत बर्ष काग्रेस केन्द्रिय समितिले जिल्ला सभापतिहरुको कार्यकाल एक बर्ष थप गरेको थियो ।
केन्द्रिय नेताहरु भने यतिवेला महाधिवेशनको तयारीमा जुटेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी