काठमाण्डौ, १६ असार ।
कृषिमन्त्री हरी पराजुलीलाई कारबाहीको माग गरीएको छ । संसदको आजको बैठकमा कृषिमन्त्री हरी पराजुलीलाई कारबाहीको माग गरीएको हो ।
हिजो रोपाइँ कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीले हिलो खेल्ने बाहनामा महिलालाई गरेको ‘दुरब्यबहार’को संसदमा आलोचना भएको छ । बैठकमा बोल्ने सभासदहरुले ‘कृषिमन्त्रीको क्रियाकलाप प्रति आपत्ती जनाएका छन ।
सभासद जनार्दन शर्माले ‘कृषिमन्त्रीले महिलामाथि गरेको अपमानलाई सबै जनताले प्रश्न उठाएको बताउनु भयो । नेपाल मजदुर किसान पार्टीकी सभासद अमृता थापाले पनि कृषिमन्त्रीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline