काठमाण्डौ,१६ असार ।
गयरातिदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ । भीषण वर्षाका कारण मेचीराज मार्गको हर्कटेदेखि कोल्बुङको किटेनीसम्मको क्षेत्रमा पाँच ठाउँमा पहिरो गएकाले बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन ।
हर्कटेदेखि कोल्बुङसम्म गएका पाँचवटा पहिरोमध्ये तीनवटा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खुलाइसकेको छ भने दुई ठाउँको पहिरोमा डोजरको प्रयोग गर्नुपर्ने अवस्था आएकाले अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले बताउनु भयो ।
राजमार्गमा गएको पहिरोका कारण झापाबाट इलाम, पाँचथर तथा ताप्लेजुङ जाने र इलामबाट झापातर्फ जाने ठूला तथा साना सवारीसाधन चल्न सकेका छैनन् । बिहानैदेखि राजमार्ग अवरुद्ध भएका कारण यात्रुबीच बाटोमै अलपत्र परेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline