संविधान सभा बैठक साझ ६ बजेसम्मका लागि स्थगीत

संविधान सभा बैठक साझ ६ बजेसम्मका लागि स्थगीत

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ १५ असार ।

संविधान सभामा आज मस्यौदा समितीले तयार पारेको पहिलो एकिकृत मस्यौदा आज पेश हुदैछ । केही बिषयमा बिबाद भएपछि हिजो मध्यरातमा बसेको संविधान सभाको बैठकमा मस्यौदा पेश हुन सकेको थिएन ।

मस्यौदा समितीका सभापति कुष्णप्रसाद सिटौला सहित नेताहरुले बिबादीत बिषयमा सहमती गरेपछि एकिकृत मस्यौदा सभाअध्यक्ष सुबास चन्द्र नेम्वाङलाई बुझाइने छ ।

यसैबिच दिउसो २ बजेलाई बोलाइएको संबिधान सभाको बैठक साझ ६ बजेका लागि सारीएको छ । मस्यौदा समितिको बैठक जारी रहेकाले संबिधानसभा बैठक सारिएको संसद सचिवालयका सहायक प्रबक्रा सुर्दशन कुइकेलले जानकारी दिनुभयो ।

मस्यौदामा सबै दलको हस्ताक्षर भएपछि छपाउनका लागि प्रेसमा पठाउने सचिवालयले जनाएको छ ।  हिजो पेश गर्ने क्रममा मस्यौदामा संसदीय प्रणलीलाई अपरीवर्तनीय धारा बनाउन खोजिएको ,सिमातकृत समुदायका अधिकार कटौटी गरेको ,पुराना सहमती उल्टाएको आरोप लगाउदै प्रतिपक्षी दलले आपत्ती जनाएपछि  एकिकृत मस्यौदा संबिधान सभामा पेश हुन नसकेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी