स्थानीय निकायको चुनावको मिति तत्काल तोक्न सरकालाई निर्देशन

स्थानीय निकायको चुनावको मिति तत्काल तोक्न सरकालाई निर्देशन

  • सोमवार, असार १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं,१४ असार ।

ब्यबस्थापिका संसदको विकास समितिले स्थानीय निकायको चुनावको मिति तत्काल घोषणा गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले आज सो बिषयमा छलफल गर्न गृहमन्त्री बामदेव गौतम, स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङलाई बोलाएको थियो ।

बैठकमा गृहमन्त्री गौतमले स्थानीय निकायको चुनावमा राजनीतिक सहमति आवश्यक रहेको बताउनु भयो । उहाले चुनावका लागि राजनीतिक वातावरण भए सुरक्षाको प्रवन्ध मिलाउन समस्या नहुने दाबी गनुृभयो ।

उपप्रधानमन्त्री समेत रहेका स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले पनि स्थानीय निकायको चुनावका लागि राजनीतिक सहमति पहिलो आवश्यकता रहेको बताउनु भयो । यस्तै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरुङले सरकारले चुनावको मिति घोषणा गरे जुनसुकै अवस्थामा पनि आयोग तयारी अवस्थामा रहेको बताउनुभयो ।

समितिले निर्वाचन आयोगमा रिक्त आयुक्तहरुको पदपूर्ति गर्न पनि सरकारलाई निर्देशन दिएको छ । आयोग प्रमुख आयुक्तविहीन छ । त्यसअघि बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले छिटो स्थानीय निकायको चुनाव गराउन माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी