काठमाडौं,१४ असार ।
नेकपा एमालेमा राखेप सदस्य सचिब नियुक्तिको बिषयलाई लिएर बिबाद चर्किदै गएको छ । माधव नेपाल निकटका केशव विष्टलाई खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राखेप सदस्यमा निुयक्ती गरे लगतै एमालेमा बिबाद चर्किदै गएको छ ।
पाटीको अनुमती बिना खेलकुद मन्त्रीले सदस्य नियुक्ती गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले खेलकुद मन्त्रीलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँंदै बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकटका सभासदहरुको भेला आयोजना गरी ओलीले गरेका मनपरी कामको सूची तयार पार्न निर्देशन दिनुभएको छ ।
राजधानीको थापाथलीस्थित एक क्याम्पसमा आज आयोजित भेलामा उहाले नेपालले पार्टीमा संस्थागत निर्णयको प्रक्रिया नै सकिएको भन्दै अब सहेर नबस्ने बताउनुभयो । भेलामा करीव ५० जना सभासद सहभागी थिए । बैठकमा सहभागी सभासदहरुले युवा तथा खेलकुदमन्त्री पौडेललाई पार्टीले संस्थागत निर्णय नगरेसम्म कुनै हालतमा राजिनामा नदिन आग्रह गरेका छन ।
संस्थागत निर्णय नगरी मन्त्री पदबाट हटाए कडा प्रतिवाद गर्ने नेपाल पक्षको भनाइपछि मन्त्री पौडेल भने राजीनामा नदिने बताउनु भएको छ । ओलीले पार्टी र आन्दोलनलाई नै ध्वंश गर्दै विघटनको दिशामा लगेको आरोप नेपाल पक्षको छ ।