काठमाडौं, १४ असार ।
प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक दलहरुको सहमतिबाटै लोकतान्त्रिक संविधान जारी हुने दाबी गर्नुभएको छ । भुकम्प पिडीतका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोेषमा बिभिन्न संघसंस्थाले दिएको रकम ग्रहण गर्दै उहाले यस्तो दाबी गर्नुभएको हो ।
प्रधानमन्त्री कोइरालाले संंविधान जारी हुनेमा ढुक्क हुन सबैसँग आग्रह गर्दै बिपत्तिको घडिबाट पाठ सिकेर नयां नेपाल निमार्णमा जुट्नु नै अहिलेको आवश्यकता भएको बताउनु भयो । अहिले पनि केही शक्ति संविधान बन्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाउदै उहाले उनीहरुको अभिष्ट पुरा नहुने बताउनु भयो ।
प्रधानमन्त्री उद्धार कोषमा आज प्राक्टिकल एक्सनले ११ लाख , कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले १० लाख रुपैयाँ , राष्ट्रिय प्रजातन्त्र पार्टीले लाख ५ लाख, महेन्द्र नगर विकास समिति कञ्चनपुरले ५ लाख, नेपाल सुन चाँदी व्यवसायी संघले २ लाख, र नेपाल ज्योतिष परिषद्ले ५१ हजार सहयोग गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उद्धार कोषमा बिभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ ।