काठमाडौ, १४ असार ।
गत वैशाख १२ को विनाशकारी भूकम्प पछि लगातार आइरहेको पराकम्पन अझै रोकिएको छैन ।
यसैक्रममा आज बिहान ५ बजेर ४२ मिनेटमा रामेछाप केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजो राति १० बजेर एक मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो । यो सँगै वैशाख १२ यता हाल सम्म ४ रेक्टर भन्दा माथिका ३ सय ३२ वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
