काठमाडौं, १४ असार ।
संविधानसभाको बैठक आज बस्दैछ । अपरान्न ३ बजे पछि नयाँबानेश्वर स्थित संविधान सभा भवनमा बस्ने आजको बैठकमा मस्यौदा समितिले तयार पारेको संविधानको मस्यौदा पेश हुने कार्यसुची रहेको छ ।
आजको बैठकमा एकिकृत मस्यौदा सहितको प्रतिवेदन पेश भएपछि छलफल अघि बढाउने तयारि भएको संविधान सभा सचिवालयले जनाएको छ ।
यसअघि हिजो सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकले एक दर्जन फरक मतसहित सविधानको पहिलो एकिकृत मस्यौदा लाइ अन्तिम रुप दिएको थियो ।
समितिले तयार पारेको मस्यौदामा संक्रमण कालीन अवस्थामा संवैधानकि निकायको पुर्ननियुक्ति, नागरिकता, धर्मनिरपेक्षता, आरक्षणको विशेष व्यवस्था लगायतको विषयमा विवाद कायमै रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline