काठमाण्डौ, १३ असार ।
मस्यौदा समितिले संविधानको प्रारम्भिक खाकालाई सर्वसहमतिले पारित गरेको छ ।
सिंहदरबारमा आज अपरान्ह बसेको मस्यौदा समितिको बैठकले भावी संविधानको सात अनुुसूची, ३७ भाग र २ सय ९६ धारासहितको संविधानको पूर्ण खाका पारित गरेको हो ।
चार दलबीच गएको जेठ २५ गते भएको १६ बुँदे सहमतिका आधारमा संविधानको खाका तयार पारिएको हो । पारित मस्यौदालाई सोमबार बिहान समितिले संविधानसभाका अध्यक्ष समक्ष पेश गर्नेछ ।
सोमबार दिउँसो बस्ने संविधानसभाको पूर्ण बैठकमा मस्यौदा छलफलका लागि पेश हुनेछ । संविधानसभाले दिएको १५ दिने अवधिमा समितिले भावी संविधानको पूर्ण खाका तयार पारेको हो ।
तर, चार दलबीच सहमति नभएका केही विषयलाई भने थपछलफपछि टुंग्यो लगाइने भएको छ । न्यायाधीशको पुनर्नियुक्ति, सविधान संशोधन, बहुलवाद, जिल्लाको संरचना, नागरिकतालगायत विषयमा दलहरुबीच अझै कुरा मिल्न सकेको छैन ।