चार दल बैठक निष्कर्ष बिहिन

चार दल बैठक निष्कर्ष बिहिन

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, १३ असार ।

संविधानको प्रारम्भिक मस्यौदामा देखिएका विवादमा सहमति खोज्न बसेको प्रमुख चार दलको बैठक निष्कर्ष बिहिन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा नयाँ संविधानको प्रस्तावना, मौलिक हक, नागरिकता, प्रदेशहरुमा निर्वाचन प्रणाली, संवैधानिक निकायका पदाधिकारी र न्यायाधीशको पुनर्नियुक्तिलगायत विषयमा छलफल भएपनि दलहरुबिच कुरा नमिल्दा बैठक निष्कर्ष बिहिन भएको हो ।

संविधानको मस्यौदा निर्माणको जिम्मा पाएको मस्यौदा समितिले आज संविधानको मस्यौदा सभा अध्यक्ष सुबास चन्द्र नेम्वाङलाई बुझाउने तयारी गरेको छ । चार दलको बैठकले पनि बिबादीत बिषयमा सहमति गर्न नसके पछि समितिले प्रक्रियामै गएर मस्यौदालाई अन्तिम रुप दिने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी